१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान (नेकपा गढ)मा कांग्रेस ऐतिहासिक जित उन्मुख



अ+ अ-

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गढ मानिएको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले ऐतिहासिक जितमा अगाडि बढेको छ। शुरुमा नेकपाका प्रकाशले अग्रता लिएको भए पनि वडा नम्बर १६ को मतगणना सकिएपछि तिलक राईले लगातार अग्रता लिएका हुन्।

कांग्रेसका उम्मेद्वार तिलक राईले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा २० हजार ९७५ मत ल्याएर सुब्बा विजयी भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए।

यस पटक पनि कांग्रेसले राईलाई नै अघि सारेको थियो। धरानको प्रमुखमा तत्कालीन एमालेबाट विजयी भएका तारा सुब्बाको मिर्गौला रोगका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो।