२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २ उच्चस्तरीय आयोग गठन गर्न पूर्वसचिव त्रितालको सुझाव



अ+ अ-

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले थप २ उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाब दिनुभएको छ ।

बालुवाटार जग्गा प्रकरण र त्रिविको जग्गा हिनामिना प्रकरण लगायतका उच्चस्तरीय जग्गा हिनामिनाको छानबिन समेत गर्नुभएका पूर्व प्रशासक त्रितालले यस्तो सुझाब दिनु भएको हो ।

उहाँले दिनु भएको सुझाब यस्तो छ-

अव थप २ उच्चस्तरीय आयोग गठन गर्नुपर्छ !

सरकारले हालसालै उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गरेको छ । यो एक अत्यन्तै महत्वपूर्ण निर्णय हो ।

अव सरकारले थप दुईवटा यस्तै आयोग गठन गर्नुपर्छ-

१) देशभरि हिनामिना भएका सार्वजनिक, सरकारी र गुठी जग्गाको छानविन गर्न एक उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने ।

यस्तो अध्ययनबाट ठूलो संख्यामा अनियमितता भएको पत्ता लाग्ने छ । यही आयोगले देशभरिका हदबन्दी भन्दा बढी जग्गा पनि पत्ता लाउने छ ।

२) सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा लामो समयदेखि नक्कली सुकुम्बासीलाई सुकुम्बासीको प्रमाणपत्र र जग्गा वितरणमा ठूलो घोटाला भएको छ । त्यसको छानविनको लागि पनि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने ।

यस्तो अध्ययनबाट सक्कली सुकुम्बासी पत्ता लाग्नुको साथै नक्कली सुकुम्बासी खडा गर्ने विगतका आयोगका पदाधिकारी र ती आयोगसँग सम्बन्धित कर्मचारीले गरेका फटाइँ पनि पत्ता लाग्ने छ । वास्तविक सुकुम्बासी एकिन भएपछि तिनको व्यवस्थापन गर्न पनि सहज हुनेछ ।