४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन:आइतबारसम्म काठमाडौँका सुकुम्बासी बस्ती खाली गराउनु

सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन:आइतबारसम्म काठमाडौँका सुकुम्बासी बस्ती खाली गराउनु
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई हिजो सिंहदरबार बोलाएर काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा रहेका अतिक्रमित सुकुम्बासी बस्तीहरू हटाउने काम सुरु गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर विशेष गरी थापाथली क्षेत्रमा अतिक्रमण गरेर बसेका सुकुम्बासीहरुको बस्ती खाली गराउन भनेका हुन् ।

उनले आगामी शनिबार र आइतबारदेखि नै बस्ती खाली गराउने अभियान सुरु गर्न निर्देशन दिएका उनको सचिवालयले जानकारी दिएको छ । काठमाडौँबाट सुरु गरिने यो अभियानलाई क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीति बनाइएको पनि उनको सचिवालयले जनाएको छ ।

यसअघि पनि दुई बर्षअघि देखि उनले विशेषगरी थापाथलीस्थित सो बस्ती हटाएर अन्यत्र व्यवस्थापन गर्न खोजेका थिए । तर त्यसबेला नेपाल प्रहरीले राम्रो समन्वय नगरेको र यता काठमाडौँ महानगर प्रहरीको क्षमता नपुगेका सो काम रोकिएको थियो ।

त्यसैले अहिले सम्भावित प्रतिरोध व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको हो । काठमाडौँ महानगरको मेयर हुँदा सरकारको असहयोगका कारण यो प्रयास असफल भएको ठम्याइ प्रधानमन्त्री शाहको रहेको छ ।

त्यसैले अहिले आफू प्रधानमन्त्री र गृह मन्त्रालयको समेत कार्यभार सम्हालेकै मौकामा प्रधानमन्त्री शाहले स्थानीय सरकारसँग समन्वय गरी सार्वजनिक जमिन फिर्ता गराउने कदम चालेका हुन् ।