• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

धरानमा नेकपा एक मतले बिजयी, कांग्रेसले लगायो यस्तो गम्भिर आरोप



धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपाका उम्मेदवार जीवनराम सुवेदी एक मतान्तरले विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुवर्णमोहन पालिखेलाई एक मतान्तरले हराएका हुन्।

नेकपा उम्मेदवार सुवेदीले छ सय २२ र कांग्रेस उम्मेदवार पालिखेले छ सय २१ मत ल्याएका हुन्। पालिखे एक मतले हारेपछि कांग्रेसले पुनस् मतगणनाको माग गर्दै नाराबाजी गरेको थियो।

मुख्य निर्वाचन अधिकृतले बदर भएको दुई मतलाई सदर गरेर नेकपा उम्मेदवारलाई जिताएको आरोप लगाउँदै कांग्रेसले नाराबाजी गरेको हो। निर्वाचन अधिकृतले भने पुनस् मतगणना नगरी सुवेदीलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

तीन तहका ५२ स्थानका लागि गत शनिबार उपनिर्वाचन भएको थियो। जसमध्ये ४३ वडाध्यक्षका लागि चुनाव भएकोमा अन्यत्र यस्तो लफडा भएको थिएन।