२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १५ देखि नियमित पठनपाठन शुरु गर्न मेयर्स फोरमको निर्देशन



अ+ अ-

काठमाडौँ। काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहलाई नयाँ शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न तथा वैशाख १५ गतेदेखि नियमित पठनपाठन शुरु गर्न निर्देशन दिएको छ ।

बुधवार ललितपुरमा बसेको फोरमको आकस्मिक बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।

उहाँले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आधारभुत तथा माध्यमिक शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको उल्लेख गर्दै विद्यालय स्थापना, सञ्चालन, अनुमति तथा अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारकै रहेको पनि स्पष्ट पार्नुभयो ।

वैशाख १५ देखि भर्ना खोलेर २१ गतेदेखि पठनपाठन शुरु गर्ने सरकारको निर्णयले विद्यार्थीको सिकाइ उपलब्धि र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै फोरमले यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।

उहाँले राष्ट्रिय गाउँपालिका महासंघ नेपाल, नेपाल नगरपालिका संघ तथा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाललगायत समन्वयमा उपत्यकाभरी एउटै शैक्षिक क्यालेन्डर कार्यान्वयन गरिने समेत जानकारी दिनुभयो ।

उहाँले तोकिएको समयसीमाभित्र भर्ना अभियान सम्पन्न गर्न, शैक्षिक क्यालेन्डर कडाइका साथ पालना गर्न र वैशाख मध्यदेखि अवरोधरहित कक्षाकोठा शिक्षण सुनिश्चित गर्न सबै स्थानीय तहलाई आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना गर्ने र बैशाख १५ देखि पठनपाठन शुरु गर्ने निर्णय भएको छ । सोहीअनुसार सरोकारवाला सबैलाई निर्देशन दिन्छौँ ।’

उहाँले इन्धन अभावको समस्याका कारण विद्यालय सञ्चालन प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक शिक्षण विधि अपनाउन समेत आग्रह गर्नुभयो ।–न्युज एजेन्सी नेपाल