४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती

विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन
अ+ अ-

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिवन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेको हो । विद्यार्थी नेताहरूले विद्यार्थी संगठनमाथिको प्रतिवन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम बताएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मात्रिका तिमिल्सिनाले मंगलवार शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले सरकारले संगठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले विद्यार्थी संगठनहरुमाथि प्रतिबन्धको घोषणा जुन पञ्चायतमा समेत भएन त्यसका विरुद्ध र नेपाल विद्यार्थी संघका केही साथिहरुले हिजो शान्तीपूर्ण आन्दोलन गर्दा उनीहरुलाई हिरासतमा राखेको छ । त्यसका विरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त आन्दोलन शुरु गरेका छौँ । आजैदेखि हामी यो आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनेछौँ । यो सरकार आफैंमा नालायक छ, लाचार छ । सरकारले मनोमानि गरिरहेका छन् । गृहमन्त्रीले रजगजमा शासन गर्छ । माफियाहरुलाई संरक्षण गरिरहेको छ ।’

सरकार मनोमानि ढंगले शासन सञ्चालन गरिरहेको समेत उहाँको आरोप छ । –न्युज एजेन्सी नेपाल