४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

शरदकालीन उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग

शरदकालीन उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग
अ+ अ-

कञ्चनपुर । कञ्चनपुरका किसानले शरदकालीन (असोज–कात्तिक) मा गरिने उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग गरी आम्दानी लिन थालेका छन् । सामान्य विधिको भन्दा ट्रेञ्च प्रविधिबाट गरिएको उखुखेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने भएपछि किसानले यस विधिलाई अपनाउन थालेका हुन् । आधुनिक हलोको मद्दतले ट्रेञ्च अर्थात नालीमा उखुलाई रोपिने गर्दछ ।

यो प्रविधिमार्फत उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी हावा तथा बाढीले समेत असर कम गर्दछ । नालीको बीचको भागमा अन्तरबालीका रूपमा तोरी, आलु, लसुन, मसुरो, धनियाँ, मटर आदि खेती गर्न सकिने भएकाले किसानले यसबाट अतिरिक्त आम्दानीसमेत लिँदै आएका छन् । सामान्य विधिमा उखु लगाउँदा उमारशक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकोमा ट्रेञ्च प्रविधिमा उखुखेती गरिएपछि उखुको उमारशक्ति ८० देखि ९० प्रतिशतसम्म हुनेगरेको छ ।

कृष्णपुर नगरपालिका–३ दमलपट्टिका किसान दुखिराम चौधरीले भन्नुभयो, “यस प्रविधिबाट गरिएको उखुखेतीमा सिचाइँमा पानीको बचत ६० प्रतिशतसम्म हुनेगरेको छ ।” उहाँका अनुसार उखु बाँध्न सजिलो, उखु हावाहुरीबाट कम ढल्ने, रोगकीरा कम लाग्ने, उखुमा चिनीको मात्रा अधिक हुने भएकाले तौलसमेत बढ्ने हुन्छ । शरदकालीन उखुखेती गर्ने किसानले बढी उत्पादन दिने ०८२७२, सिओ ०२३८, सिओ ०११८, ९४१८४ लगायत सात प्रजातिका उखु खेतमा रोपेका छन् ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत किसानले शरदकालीन उखुखेती गरेका हुन । परियोजनाअन्तर्गत विपद् न्यूनीकरण र आर्थिक विकासका लागि मुख्य उपक्षेत्रको रूपमा उखुबाली छनोट गरी सरकारी निकाय, उखु किसान समिति, महाकाली चिनी मिल र एग्रोभेटसँग समन्वय र सहकार्य गरी उखुबालीको विकास र विस्तार गरिरहेको परियोजनाका अधिकृत महेश घिमिरले बताउनुभयो ।

उहाँका अनुसार परियोजनाअन्तर्गत यसवर्ष मात्रै कृष्णपुर नगरपालिकामा ३.१५ बिघा, शुक्लाफाँटा नगरपालिकामा १०.६२५ बिघा, लालझाडी गाउँपालिकामा २७.५ बिघा क्षेत्रफलमा शरदकालीन उखुखेती गरिएको छ । कूल क्षेत्रफल ३८.७८ बिघा रहेको छ । उखुखेती गर्नका लागि लालझाडी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाबाट मलखादस्वरुप प्रतिबिघा रु पाँच हजार ५०० अनुदान रकमसमेत प्रदान गरिएको छ ।

त्यसैगरी महाकाली चिनी मिलबाट अन्तरबालीका लागि तोरीको बीउ र विषादी निःशुल्क वितरण गरिएको छ । परियोजनाका तर्फबाट नयाँ समुदायलाई बीउमा ५० प्रतिशत अनुदान र पुराना समुदायमा थप आवश्यक मलखादमा अनुदान दिने कार्य गरिएको अधिकृत घिमिरेको भनाइ छ ।

आधुनिक नयाँ प्रविधिको रूपमा ट्रेञ्च (नालीं) विधि, रेजर विधि र चिप कटर (आँख्ले) विधिबाट खेती गर्नका लागि महाकाली चिनी मिल, उखु किसान समिति र कृषि विकास शाखाहरुसँगको समन्वयमा समुदायमा कृषि औजारसमेत वितरण गरिएका छन् । नयाँ र पुरानो गरी कञ्चनपुरमा टे«ञ्च प्रविधिबाट झण्डै २०० विघा जग्गामा उखुखेती हुने गरेको छ । यसबाट उत्पादन २० हजार क्विण्टल भन्दाबढी हुने गरेको छ ।

यस्तै टे«ञ्च प्रविधिमा लगाइने उखुखेतीमा बीउमा बचत गर्नका लागि कञ्चनपुरका किसानले चिप कटर ९आँख्ले० विधिको प्रयोगसमेत गर्न थालेका छन् । उखुको आँख्ला मेसिनको सहायताले निकाली उखुका बोट तयार गर्न नर्सरी बनाइने गरिएको छ । नर्सरीमा उम्रेका उखुका बिरुवाहरुलाई किसानले खेतमा तयार गरेको ट्रेञ्चमा निश्चित दूरीमा रोप्ने गर्दछन् । यस विधिबाट उखुको खेती गर्दा थोरै बीउमा धेरै उत्पादन लिन सकिन्छ ।

“पुरानो तरिकाले एक बिघा खेतमा उखु रोप्दा ३० देखि ३५ क्विण्टलसम्म उखुको बीउ लाग्ने गर्दथ्यो”, बेलौरी–१० हात्तीबोझाका किसान आश्रय बडायकले भन्नुभयो, “चिप कटर विधिको प्रयोग हुन थालेपछि बीउ पाँच देखि १० क्विण्टल मात्रै लाग्न थालेको छ । उत्पादनसमेत परम्परागत विधिको तुलनामा दोब्बरले वृद्धि हुने गरेको छ ।” उहाँले चार वर्षदेखि यस विधिबाट उखुखेती गर्दै आउनुभएको छ । बीउ र उखुको उत्पादन वृद्धिसँगै लागत खर्च निकै लाग्ने भएपछि यस विधिलाई किसानले अपनाउन थालेका छन् ।