४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा : मन्त्री बोहरा

वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा : मन्त्री बोहरा
अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले धनगढीमा हुन लागेको वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताउनु भएको छ ।

यही मङ्सिर २० गते हुने उक्त सम्मेलनको तयारीबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले वित्तीय गतिविधिमार्फत प्रदेशमा आर्थिक विकासलाई अगाडि बढाउन यो सम्मेलन कोसेढुङ्गा हुने स्पष्ट पार्नुभयो ।

सो अवसरमा सम्मेलनको तयारी आन्तिम चरणमा पुगेको जानकारी दिइएको थियो । सम्मेलनमा सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुखलगायत झण्डै ४५०भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, देखिएका समस्या र पहुँच बढाउन गर्नुपर्ने उपाय लगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दहालले सम्मेलनको उद्घाटन गर्नुहुने बताइएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच अपेक्षाकृत रुपमा बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यसाथ यो वित्तीय सम्मेलन गर्न लागिएको हो । यस्तो सम्मेलन प्रदेश सरकारको पहलमा नेपालमै पहिलो पटक हुन लागेको हो ।

पत्रकार सम्मेलनमा ‘सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६’को लोगो र नारा पनि सार्वजनिक गरिएको थियो ।

‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने मूल नारा तय गरिएको छ । यो प्रदेशमा रहेका सबै ८८ पालिकामध्ये ८३ पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । पहाडी क्षेत्रको बझाङ र बाजुरा जिल्लाका पाँच वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको पहुँच पुग्न अझै बाँकी छ ।

प्रदेश सरकारले चालू वर्षमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई पनि यो सम्मेलनले टेवा पु¥याउने विश्वास गरिएको छ । प्रदेश सरकारको चालू वर्षको नीति कार्यक्रममा लगानी सम्मेलन गर्ने उल्लेख गरिएको छ । तर लगानी सम्मेलनको मिति तय गर्न बाँकी छ ।