५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदन किराँतीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी



सुदन किराँती
अ+ अ-

काठमाडौं: नेकपा (माओवादी केन्द्र) छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका नेता सुदन किराँतीले प्रलोपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।

गत आम निर्वाचनमा पार्टीले शर्मनाक हार व्यहोरे लगत्तै निष्कृय रहेका उनले सामाजिक संजालमा एक पोस्ट गर्दै करिब पाँच महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद दिएका छन् ।

नेता किराँतीले भनेका छन्, यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।

साथै, जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु, उनले भनेका छन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा समाजवादी मर्ज भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै नेता किराँती सहित जनार्दन शर्माले नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) स्थापना गरेका थिए ।

तर गत फागुन २१ को आम निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि प्रलोपा अहिले विघटनको संघारमा पुगेको छ । यद्यपि जनार्दन शर्मा उक्त पार्टीलाई पुनर्गठन गर्ने भन्दै अभियानमा लागेका छन् ।