२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आफ्ना प्रतिबद्धता पूरा गर्छ : उपप्रधानमन्त्री पोखरेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको पाँचौँ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उहाँले जनमतको सम्मान गर्दै जनतासामु गरिएका आफ्ना प्रतिबद्धता पूरा गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ ।” उहाँले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सय गन्तव्य स्थानमध्ये एउटा भएकाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको जनाउनुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माण अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गत वर्ष जस्तै काठमाडौँका विभिन्न नगरलाई यस वर्ष पनि रु एक–एक करोड छुट्याएको जानकारी दिनुुभयो । नगरप्रमुख उद्धवप्रसाद खरेलले नवनिर्मित भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले सेवा सुविधा पाउन सकिने बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०७६/७५ का लागि रु १५ करोड ८४ लाख ५३ हजार बजेटबाट पक्की सडक तथा ढल निर्माण, वडा कार्यालय तथा मुख्य कार्यालय परिसर निर्माण, उद्यान निर्माण, शिक्षा तथा स्वास्थ्य, मानवीय क्षमता विकास, सुरक्षा र सुशासनका लागि सेवा प्रवाह सुधारलागायत क्षेत्रमा प्राथमिकताका साथ काम गरिने बताउनुभयो ।
काठमाडाँै जिल्लामा पछिल्लो समयमा गठन भएका नगरपालिकामध्ये सबैभन्दा पहिले आफ्नो कार्यालय भवन निर्माण सम्पन्न गर्न बूढानीलकण्ठ नगरपालिका सफल भएको छ । विसं २०७३ मङ्सिर १६ गते शिलान्यास गरिएको नवनिर्मित भवन २२३२.९२ वर्गमिटरमा फैलिएको छ । नगरको वडा नं ८ हात्तीगौँडामा अवस्थित भवनको कूल लागत रु १० करोड नौ लाख ४३ हजार छ ।