१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानबाट एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ। एकै दिनमा कम्तीमा ६ हजार १ सय ४८ अफगान शरणार्थीहरू छिमेकी पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन् ।

अफगानिस्तानको फिर्ता हुनेहरूको समस्या सम्बोधन गर्ने उच्च आयोगले सोमवार रिपोर्ट गरेअनुसार आईतवार ६ हजार १४८ शरणार्थीहरू स्वदेश फर्किएका हुन् ।

ती शरणार्थीहरू पूर्वी नान्गाहार प्रान्तको तोर्खाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डाक सीमा नाकाबाट स्वदेश भित्रिएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार उनीहरूलाई आगमन बिन्दुमै आवश्यक सरकारी सहयोग उपलब्ध गराइएको थियो । सोही दिन ४७१ अफगान शरणार्थीहरू छिमेकी देश इरानबाट पनि फर्किएका थिए ।

रिपोर्टअनुसार सन् २०२५ मा मात्रै करिब २८ लाख अफगान शरणार्थीहरू स्वदेश फर्किसकेका छन् । विगत दशकौंदेखिको विस्थापनपछि अझै पनि ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन्।

दुवै आयोजक देशहरूले कागजात नभएका अफगानहरूलाई स्वदेश फर्कन आग्रह गरिरहेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल