१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री पुनलाई लक्षित गर्दै बम विस्फोट



अ+ अ-

कालिकोट । ऊर्जामन्त्री वर्षमान पुन र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै कालीकोटमा बम विस्फोट गराइएको छ । रास्कोट नगरपालिकाको शान्तिघाटदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने जंगलमा बम विस्फोट भएको हो।

बम कसले विस्फोट गराएको भन्नेबारे यकिन जानकारी नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिए।

सोमबार बिहान ऊर्जामन्त्री पुन र मुख्यमन्त्री शाहीसहितको टोली कालीकोटमा निर्माणाधीन फुकोट कर्णाली हाइड्रोको अनुगमनमा गएका थिए।