१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औँ सागमा नेपालको पोल्टामा १३ स्वर्ण



अ+ अ-

काठमाडौं । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा अहिलेसम्म १३ स्वर्ण जितेको छ। नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ।

कराँते कातामा मण्डेकाजी श्रेष्ठले व्यक्तिगत स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जितेको छ।

त्यस्तै कराँते फाइट तर्फ ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङ, ८४ किलो भन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठ, महिला तर्फ ५५ केजी तौल समूहमा अनु अधिकारी र कुसुम खड्काले पनि स्वर्णसंग नेपालले ४ स्वर्ण जितेको हो ।

त्यस्तै तेक्वान्दो पुम्से विधामा कमल अधिकारी र सिना मादेन लिम्बु र पार्वती गुरुङ र व्यक्तिगत तर्फ आयशा शाक्य र आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण जितेकी हुन्।

त्यस्तै ट्रायथलनको महिला तर्फपनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन् ।