१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा परी एकको मृत्यु, छ जना घाइते



अ+ अ-

झापा। कनकाई नगरपालिका–३ नयाँबस्तीमा आज दिउँसो भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–००१ ह८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना हुँदा ढकालसहित सात जना घाइते भएका थिए ।

घाइते सबैलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएकोमा ढकालको अपराह्न ४ः३५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइते हुनेहरूमा हल्दिवारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भिमा ढकाल र १३ वर्षीय रोजन ढकाल रहेका छन् । यस्तै, अटोमै सवार १३ वर्षीय प्रदीप नेपाल र मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय मोटरसाइकल चालक चन्द्रबहादुर खत्री घाइते भएका छन् ।

चालक र सवारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिवारी–३ बस्ने ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस