२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण



अ+ अ-

काठमाडौं । सिराहाको लहान नगरपालिका–२४ स्थित गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माण सुरु भएको छ । लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीयस्थल मानिकदह जाने बाटोमा पर्ने सरे खोलाको दक्षिणी किनारमा रहेको १० कट्ठा जग्गामा निर्माण भइरहेको हो ।

वृद्धाश्रम निर्माणस्थलको करिब ३०० मिटर पश्चिमतर्फ कृष्ण मन्दिर निर्माणकार्य पनि अगाडि बढिरहेको छ । मन्दिर र वृद्धाश्रमको बीचमा पोखरी निर्माण गरी त्यसमा गोल (जाइठ) राख्ने पूजासमेत सम्पन्न गरिएको छ ।

भूमिपूजा कार्यक्रममा लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं २४ का वडाध्यक्ष रासलाल राय, तथा महिला मानवअधिकारकर्मी रीता महतोको सहभागिता रहेको थियो । वृद्धाश्रम निर्माणका लागि लहान नगरपालिकाले १० कट्ठा जग्गा उपलब्ध गराएको छ भने चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार कार्यालयमार्फत रु २५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

थप बजेटका लागि नगरपालिकाले व्यवस्थापन गर्ने उनले बताए । वडाध्यक्ष रायले विकासका गतिविधि तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै भने, “यस वडामा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा तथा धार्मिक पर्यटकीय क्षेत्र मानिकदहको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।स्थानीयको आवश्यकता र चाहनाअनुसार पूर्वाधार निर्माणलाई निरन्तरता दिएका छौँ, जसले समग्र वडाको विकासलाई गति दिएको छ ।”

उक्त क्षेत्रमा स्थानीय कृषकको मागअनुसार हाटबजार सञ्चालनको तयारीसमेत गरिएको वडाध्यक्ष रायले जानकारी दिए ।

मन्दिर निर्माण समितिका अध्यक्ष वालेश्वर राउत कुर्मीका अनुसार, केही दिनअघि सम्पन्न श्रीमद्भागवत सप्ताह विष्णु महायज्ञपछि सो क्षेत्रको नाम ‘पुलचोक’ राखिएको छ, यसले उक्त स्थानलाई धार्मिक तथा सामाजिक रूपमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ ।