७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

गण्डकी नदी जलाधारको समग्र जल मोडेल समायोजनबारे छलफल

गण्डकी नदी जलाधारको समग्र जल मोडेल समायोजनबारे छलफल
अ+ अ-

काठमाडौँ। गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाअन्तर्गत ‘गण्डकी नदी बेसिनको समग्र जल मोडेल समायोजन’ सम्बन्धी साझेदारी गोष्ठी आज यहाँ सम्पन्न भएको छ ।

कार्यक्रममा वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले बृहत्तर गण्डकी नदी जलाधार व्यवस्थापनलाई एकीकृत नदी–बेसिन दृष्टिकोणमा अघि बढाउन जल ‘मोडेल’ले महत्त्वपूर्ण दिशानिर्देश गर्ने बताउनुभयो । विभागका उपमहानिर्देशक तथा जल मोडेल समायोजन अध्ययन प्राविधिक समितिका अध्यक्ष उद्धव घिमिरेले वैज्ञानिक तथ्याङ्कलाई नीति, योजना तथा स्थानीयसँग प्रभावकारी रूपमा जोड्नु नै दिगो जल व्यवस्थापनको आधार भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)का राष्ट्रिय प्रतिनिधि डा नरेन्द्रमान बाबु प्रधानले संस्थागत सहकार्य, ज्ञान आदान–प्रदान तथा तथ्यमा आधारित निर्णय प्रणालीको सुदृढीकरणमा जोड दिँदै बहुपक्षीय सहकार्यको आवश्यकता औँल्याउनुभयो । कोषका वरिष्ठ संरक्षण अधिकृत लिना चालिसेले गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु जोखिम न्यूनीकरण, एकीकृत जलस्रोत व्यवस्थापन तथा तथ्यमा आधारित विकास योजना निर्माणका लागि साझा समझदारी र सहकार्यलाई अझ मजबुत बनाइएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु परिवर्तन विभाग प्रमुख डा मनिषराज पाण्डेले आयोजनाको उद्देश्यबारे जानकारी गराउँदै परम्परागत जल व्यवस्थापन अभ्यासलाई तथ्यमा आधारित जलवायु उत्थानशील योजना निर्माणतर्फ नेपाल अग्रसर भइरहेको उल्लेख गर्नुभयो ।

अध्ययन समितिका प्राविधिक प्रमुख लक्ष्मीप्रसाद देवकोटाले गण्डकी नदी बेसिनका लागि विकसित जल मोडेलको प्राविधिक पक्ष, तथ्याङ्क समायोजन प्रक्रिया तथा यसको उपयोगिताबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त आयोजना हरित जलवायु कोषको अनुदान सहयोगमा वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घको सहकार्यमा कार्यान्वयन भइरहेको छ ।

गोष्ठीमा विभिन्न मन्त्रालयका प्रतिनिधि, प्राविधिक समिति सदस्य, विषय विज्ञ, प्राज्ञिक क्षेत्रका प्रतिनिधि, विकास साझेदार संस्थालगायत सरोकार भएकाहरूको सहभागिता रहेको थियो । रासस