१३ श्रावण २०८३, बुधबार
,
Latest
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयारः कार्यपालिकालाई थप जवाफदेही बनाउने र विधेयक निर्माणमा गति दिने व्यवस्था



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्यादेश अनुरुप मस्यौदा तयार गरेको छ ।

१४ दिनको समयसीमा पाएको समितिले १३ औँ दिनमा सम्पूर्ण काम पूरा गरेको समितिका संयोजक गणेश पराजुलीले जानकारी दिनुभयो ।

मंगलवार सभामुखलाई उक्त मस्यौदा हस्तान्तरण गर्ने तयारी गरिएको छ । नयाँ मस्यौदामा कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्धलाई थप सुदृढ र जवाफदेही बनाउन विभिन्न व्यवस्था गरिएको छ ।

समितिका निर्देशनहरू कार्यान्वयन भए वा नभएको बारेमा ३० दिनभित्र प्रगति विवरण बुझाउनुपर्ने व्यवस्था पहिलो पटक थपिएको छ ।

संसदीय समितिले दिएको निर्देशनको प्रगति विवरण ३० दिनभित्र बुझाउनुपर्ने, यदि समितिले दिएको निर्देशन व्यावहारिक छैन भने कार्यपालिकाले ३० दिनभित्र कारणसहित संशोधन वा पुनर्मूल्याङ्कनका लागि अनुरोध गर्न पाउने, समितिहरूमा विधेयकहरू लामो समयसम्म अल्झिने समस्या समाधान गर्न निश्चित कार्यतालिका निर्माण गर्ने प्रावधान राखिएको छ ।

उहाँले भन्नुभयो, ‘विगतमा समितिले कार्यपालिकालाई निर्देशन दिँदा त्यसको उचित जवाफदेहिता देखिएको थिएन । अब समयसीमा नै तोकेर काम कारबाही अगाडि बढेको छ कि छैन भनेर प्रगति विवरण माग्ने व्यवस्था गरेका छौँ । व्यवस्थापिकाले दिएका सबै निर्देशनहरु सधैँभरि कानूनसम्मत वा व्यावहारिक नहुन पनि सक्छन् ।

त्यस्तो अवस्थामा कार्यपालिकाले ३० दिनभित्रै जानकारी गराउनुपर्ने कुरा पनि नियमावलीमा समेटिएको छ । यसले दुवै तहलाई उत्तिकै जिम्मेवार बनाउनेछ ।’

संविधानको धारा १०४ अनुसार यो नियमावली नै संसदको मूल कानून भएको भन्दै सोही आशय अनुरुप सुधारका कामहरू गरिएको समितिले जनाएको छ ।

विधेयक निर्माण प्रक्रियामा समितिहरूलाई समयसीमा तोकिएसँगै अब कानून निर्माणको गतिले तिब्रता पाउने अपेक्षा गरिएको छ। समितिले सोमवारको बैठकमा मस्यौदाको शुद्ध–शुद्धि र क्रम मिलाउने काम सकाएर मंगलवार सभामुखलाई हस्तान्तरण गर्ने अन्तिम तयारी गरेको छ ।

यससँगै प्रतिनिधि सभा सञ्चालनमा नयाँ आयाम थपिने र कार्यपालिकामाथि व्यवस्थापिकाको नियन्त्रण र सन्तुलन थप प्रभावकारी हुने देखिएको छ । –न्युज एजेन्सी नेपाल