२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड



अ+ अ-

काठमाडाैँ । राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दुई जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो । हरेक वर्ष चैतमा गुँड खोजेर वैशाखमा ती गुँडबाट अण्डा सङ्कलन गरिन्छ । उनका अनुसार अण्डा सङ्कलनको काम यही वैशाख १० गतेदेखि सुरु गरिने छ ।

उनले भने, “अहिले गुँड पहिचानको काम सकिएको छ । अब हामीले कुन कुन गुँडबाट अण्डा निकाल्ने भन्ने छलफल गरेर अण्डा सङ्कलन गर्छौं ।” गुँडमा रहेका अण्डा सङ्कलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए।

यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोजिएको हो । निकुञ्जको प्रजनन केन्द्रमा गोहीको अण्डाबाट चल्ला निकालिए पछि ती चल्ला हुर्काएर पुनः नदीमा छोड्ने गरिन्छ ।