१३ श्रावण २०८३, बुधबार
,
Latest
कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु विपद् व्यवस्थापन सम्बन्धी कांग्रेसको विशेष प्रशिक्षण एक दिन सर्‍यो एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न आरोपित पक्राउ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी–इरानी वार्ताअघि पाकिस्तानमा सुरक्षा व्यवस्था मजबुत



अ+ अ-

काठमाडौँ। पाकिस्तानले अमेरिका र इरानबीच हुन लागेको दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा आफ्नो राजधानी इस्लामावाद र छिमेकी ग्यारिसन शहर रावलपिंडीलाई उच्च सुरक्षा शतर्कतामा राखेको छ ।

प्रहरी स्रोतकाअनुसार २ क शहरभरि करिव २० हजार प्रहरी कर्मचारीहरू तैनाथ गरिएका छन् । यसमा सयौं कुलीन कमाण्डोहरू र स्नाइपरहरू समेत सामेल छन्, जसलाई संवेदनशील स्थानहरूमा परिचालन गरिएको छ ।

पञ्जाब हाइवे पेट्रोल, डल्फिन फोर्स र क्विक रेस्पोन्स युनिटका टोलीहरूलाई पनि अलर्टमा राखिएको छ । ‘सेफ सिटी’ क्यामेरा र भवनका छतहरूबाट स्न्याइपरहरूले चौबीसै घण्टा निगरानी गरिरहेका छन् ।

मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यले अमेरिका र इरानबीच हुन लागेको यो दोस्रो चरणको वार्ता हो । यसअघि भएको पहिलो चरणको वार्ताको समयमा पनि यस्तै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।

सुरक्षा अधिकारीहरूले बताएअनुसार, सुरक्षा समन्वयका लागि अमेरिकाबाट विशेष सुरक्षाकर्मीसहितको अग्रिम टोलीहरू पाकिस्तान आइपुगिसकेका छन् ।

सुरक्षा योजनाको हिस्साका रूपमा अधिकारीहरूले रावलपिंडी र इस्लामावादमा सबै सार्वजनिक र मालवाहक यातायातको आवागमन निलम्बन गरेका छन् । साथै, अति उच्च सुरक्षा क्षेत्र मानिने ‘रेड जोन’ का अधिकांश प्रवेशद्वारहरू सिल गरिएको छ ।

सरकारले सुरक्षाको कारण देखाउँदै प्रमुख होटेलहरूका कोठाहरू पनि नियन्त्रणमा लिएको छ । सेरेना होटेल र मेरियट होटेल जस्ता ठूला होटेलहरूका पाहुनालाई कोठा खाली गर्न भनिएको छ । यसका साथै राजधानीका होस्टेल र गेस्ट हाउसहरूलाई अर्को सूचना नभएसम्म बन्द गर्न निर्देशन दिइएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल




भर्खरै