• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

जिप दुर्घटनाका घाइतेहरुलाई पुर्वमन्त्री विष्टले गरे उद्धार



काठमाडौं । आफ्नो निर्वाचन क्षेत्रका नागरिक दुर्घटनामा परेपछि नेपाल कम्युनष्टि पार्टीका नेता तथा निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट जिप दुर्घटनाका घाइते लिन बागलुङ पुगेका छन् । नेता विष्ट नेपाली सेनाको हेलिकप्टर लिएर घटनास्थल पुगेका हुन् ।

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसीखोेला जाँदै गरेको जिप दुर्घटना हुँदा बिहान १४ जनाको मृत्यु भएको थियो । घाइते तीन जनाको उद्दारका लागि नेता विष्ट बुर्तिबाङ पुगेका हुन् ।

घाइतेलाई अहिले काठमाडौं ल्याइदैछ । घाइतेको काठमाडौंमा रहेको त्रिभुवन विश्व विद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुने विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।