१३ श्रावण २०८३, बुधबार
,
Latest
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय त्रितीया पर्व मनाइँदै



अ+ अ-

महोत्तरी। चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ ।

हिन्दू परम्परामा यस दिन बाटो कुरेर नै बटुवालाई जौ र चनाको सातु एवं सक्खरको सर्वत खुवाउने गरिन्छ । पर्वका अवसरमा जौ र चनाको सातु एवं चिसो सर्वत दान गरेर भोका र तिर्खाएकाहरुलाई खुवाउँदा कहिल्यै नास नहुने पुण्य आर्जन हुने यहाँ जनविश्वास छ ।

यस दिन जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत ख्वाइन्छ, त्यति नै बढी पुण्य मिल्ने विश्वास छ । यसै विश्वासले आज बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् ।

यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक (बटुवा) लाई शीतलता दिने जौ र चनाको सातु, सक्खर मिलाई चिसो पानीमा बनाइएको सर्वत र मिष्टान्न परिकार खुवाइनु र परिवारजनले खाने चलनभित्र स्वास्थ्य सन्देश पनि रहेको स्वास्थ्यकर्मी बताउँछन् । गर्मी याममा पसिना धेरै निस्कने हुँदा शक्तिवद्र्धक सक्खरको सर्वत र पुष्टिवर्धक अन्न जौ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएइको बर्दिबास–१३ बिजलपुराका बासिन्दा वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउनुहुन्छ ।

पर्वमा गरिब र अभाव भोगी, खेपिरहेका व्यक्तिलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहितै दान गर्ने मैथिल परम्परा छ ।

अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि  मानिने यो पर्वमा ब्राह्मण, कुलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको छ । यसै दिन भगवान् विष्णुको छैटाँै अवतार मानिने भगवान् पर्शुरामको जन्मदिन भएको पनि विश्वास गरिन्छ ।

यो पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले मौसमअनुसार पुष्टिवर्धक भोजन गर्न सन्देश दिनेसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् ।

पर्वमा कुल पुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र  परिवारका सदस्यहरुको जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ ।

भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरुको अन्नप्राशन र विवाहलगायत माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने मान्यता छ । रासस