१३ श्रावण २०८३, बुधबार
,
Latest
कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु विपद् व्यवस्थापन सम्बन्धी कांग्रेसको विशेष प्रशिक्षण एक दिन सर्‍यो एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न आरोपित पक्राउ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता बुबाछोराको शव फेला



अ+ अ-

अछाम। तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ ।

तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको आज शव फेला परेको हो । दुवैजना यही वैशाख ३ गते डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए ।

कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बुबाछोरा बेपत्ता भएका थिए ।

सुर्खेतबाट आएको सशस्त्र प्रहरी नायब निरीक्षक चेतन राजकोटी नेतृत्वको ६ जनाको गोताखोर टोली र नं ४९ गुल्म हेड क्वाटर खप्तड अछामबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाको नेतृत्वको विपद् व्यवस्थापन टोलीले घटनास्थलबाट ५०० मिटर पारि पानी मुनिबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश  खनालले जानकारी दिनुभयो ।  रासस




भर्खरै