४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

क्रान्तिशिखाको गुनासो, माइक विचार बोक्ने माध्यम बन्नुपर्ने सौन्दर्यको मूल्याङ्कन गर्ने बन्दैछ !

क्रान्तिशिखाको गुनासो, माइक विचार बोक्ने माध्यम बन्नुपर्ने सौन्दर्यको मूल्याङ्कन गर्ने बन्दैछ !
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले मिडिया सूचना दिने माध्यम मात्रै नभएर समाजको चेतना निर्माण गर्ने शक्ति पनि भएकाले यो शक्तिलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउन अपरिहार्य रहेको जनाउनु भएको छ ।

धितालले सञ्चारमाध्यमले महिला नेतृहरूसँग प्रश्न सोध्दा उनीहरूको बाह्य रूप र सौन्दर्यलाई केन्द्रमा राख्ने गरेको भन्दै गम्भीर असन्तुष्टि समेत जनाउनु भएको छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँँले माइक विचार बोक्ने माध्यम भएको स्मरण गराउदै सौन्दर्यको मूल्याङ्कन गर्ने बस्तु नभएको टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन । त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस्।

उहाँले लेख्नुभएको छ-

पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति मेरो सधैं सम्मान र आत्मीयता रहँदै आएको छ। तर लोकतान्त्रिक अभ्यासको यो महत्वपूर्ण मोडमा केही प्रवृत्तिहरूप्रति स्पष्ट रूपमा बोल्नु आवश्यक ठानेकी छु।विशेषगरी, युवा महिलाहरूसँग प्रश्न राख्दा “राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ” जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास देख्दै छु । यो व्यक्तिगत टिप्पणी लाग्ला तर सोच्नुस त यो संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो।

हामीले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष गर्दै आएका हौ । तर बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाजलाई कमजोर पार्छ, मुद्दालाई ओझेलमा पार्छ, र सार्वजनिक बहसको स्तरलाई घटाउँछ।

यो भन्दै गर्दा हामी आफैं पनि के गर्ने, के नगर्ने भन्नेमा उत्तिकै सचेत हुनुपर्छ । अरुले लगाइदिएको सौन्दर्यको लेपनमै हौसिरहेका छौ भने, आफुलाइ सुधारौ।

तपाईंले बोक्नु भएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन। सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन । त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस्।

म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक (intellectual) रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस्। मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ।

प्रश्न गर्ने स्तर उकास्नुहोस्। केही युट्युब च्यानलहरू आफैं मुख्यधारा मिडियासँग प्रतिस्पर्धामा उभिएका छन् आवश्यक परे त्यहाँबाट पनि सिक्नुस्। हामी त्यस्ता प्रश्नहरूको जवाफ दिन तयार छौं, र आवश्यक तयारीका साथ उभिनेछौं।

सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अलि धेरै नै भयो । राम्रो नियत हुँदाहुँदै पनि यस्ता अभ्यासहरूले अन्ततः त्यही संस्कारलाई बलियो बनाउने त हो जसविरुद्ध हामी उभिदै आयौ ।

मिडिया सूचना दिने माध्यम मात्रै होइन, समाजको चेतना निर्माण गर्ने शक्ति पनि हो। यही शक्तिलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनु तपाइहरुको अपरिहार्य दायित्व हो। हामी आफ्नो भुमिका बाट यति धेरै नभड्कौ ।