४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

हिमाल जोगाउने सन्देश दिन खुम्जुङमा विज्ञ–अभियन्ता जलवायु संवादमा

हिमाल जोगाउने सन्देश दिन खुम्जुङमा विज्ञ–अभियन्ता जलवायु संवादमा
अ+ अ-

खुम्जुङ (सोलुखुम्बु) : जलवायु न्यायका लागि खुम्बु क्षेत्रको खुम्जुङ पुगेको विज्ञ टोलीले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिका र जलवायु न्यायका लागि क्रियाशील संस्था ‘साथसाथै’ को आयोजनामा शनिबार समुद्र सतहबाट ३,७९० मिटर उचाइको खुम्जुङमा अन्तरसंवाद कार्यक्रम गरेको हो । कार्यक्रममा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर, स्थानीयले भोग्नुपरेका चुनौती र सम्भावित समाधानका उपायबारे गहिरो छलफल गरियो ।

संवादमा सहभागी पूर्वउपसभामुख इन्दिरा रानाले हिमालका आदिवासी समुदायले भोग्नुपरेको पीडालाई राज्यले विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हिमाली क्षेत्रका महिलाले भोगेका प्रजनन स्वास्थ्य समस्या र खाद्यान्न बालीको अभावमा वैकल्पिक समाधान खोजिनुपर्छ । महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले जनस्तरमै पुगेर समन्वय गर्न आवश्यक छ ।’

जलवायु र वातावरणीय न्यायका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै’ की अध्यक्ष प्रजिता कार्कीले हिमाल जोगाउने अभियानमा विगत ६ वर्षदेखि स्थानीय समुदायसँग हातेमालो गर्दै आएको जानकारी दिइन् । ‘पर्यटकका लागि हिमाल मनोरञ्जनको विषय होला, तर हिमाली समुदायका लागि यो जीवन, प्राण र पहिचान हो,’ अध्यक्ष कार्कीले भनिन्, ‘हिमाल जोगाउन पर्वतीय देशहरूको नेतृत्व नेपालले गर्नुपर्छ र त्यसका लागि सरकारले कूटनीतिक पहल लिनुपर्छ ।’

हिमनदी विज्ञ अरुणभक्त श्रेष्ठले खुम्बुमा जलवायु समस्याबारे सुन्दै आए पनि प्रत्यक्ष अनुभवका आधारमा यो कार्यक्रम निकै महŒवपूर्ण रहेको बताए । उनले पानीका मुहानको संरक्षण र विपद्जन्य घटनाको पूर्वसूचना दिने उपकरण जडानमा जोड दिए । नवीकरणीय ऊर्जा अनुसन्धानकर्ता कुशल गुरुङले दाउराको विकल्पमा बढेको ग्यास प्रयोगले पनि वायुमण्डलमा असर गर्ने भन्दै विद्युतीय र सौर्य ऊर्जाको विकल्प रोज्न सुझाव दिए ।

लैङ्गिक विज्ञ समा श्रेष्ठले जलवायु न्यायको योजना निर्माण तहमा महिलाको उपस्थिति र उनीहरूलाई आधुनिक प्रविधिमैत्री तालिम दिनुपर्ने धारणा राखिन् । वरिष्ठ पत्रकार बबिता बस्नेतले जलवायु परिवर्तनले महिला, बालबालिका र विपन्न वर्गमा पारेको असर बुझ्न ग्रामीण तहमै यस्ता अवलोकन र छलफलका कार्यक्रम आवश्यक रहेको बताइन् । सगरमाथा राष्ट्रिय निकुञ्जकी कार्यालय प्रमुख सुष्मा राणाले खुम्बु क्षेत्र सौर्य र वायु ऊर्जाका लागि उपयुक्त रहेकोले यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् ।

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक बालकृष्ण बस्नेतले खुम्बुको समस्यालाई स्थानीय स्तरमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउनुपर्ने बताए । उनले भने, ‘सगरमाथा रहेको यो क्षेत्रमा देखिएको जलवायु असर विश्वव्यापी छ, त्यसैले अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाएर प्रभावितलाई न्याय दिलाउनुपर्छ ।’ युवा राजनीतिज्ञ टासी लाजुमले हिमाल र प्रकृति जोगाउन हिमाली जनताले गरेको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा वडा सदस्य ङिमा यान्जी शेर्पा, आङनिमा शेर्पा, फुडोमाम शेर्पा, दावा छिरिङ शेर्पासहित दुई दर्जन स्थानीयले जिज्ञासा राखेका थिए । उनीहरूले पर्या–पर्यटन, प्रजनन स्वास्थ्य र कृषिमा देखिएका समस्याको उचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

विश्व पृथ्वी दिवसको पूर्वसन्ध्यामा हिमाल जोगाउने अभियानका साथ गोक्यो ताल क्षेत्रतर्फ लागेको यो टोलीमा वातावरण पत्रकार श्रीराम सुवेदी, भारतीय अनुसन्धानकर्ता नेहा जैन, सञ्चारकर्मी विजय पौडेल, अधिवक्ता सरोजकृष्ण घिमिरे, सगरमाथा आरोही टेम्बा छिरी शेर्पालगायत सहभागी छन् । टोलीले वैशाख ९ गते विश्व पृथ्वी दिवसको अवसरमा गोक्यो ताल क्षेत्रबाट ‘गोक्यो घोषणापत्र’ जारी गर्ने तयारी गरेको छ ।