१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ औँ महाधिवेशन सम्पन्न गर्न साझा संयन्त्र निर्माण गरौँ: डा. प्रकाशशरण महत



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५ औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र निर्माण गर्न प्रस्ताव गर्नुभएको छ ।

शनिवार नेता पूर्णबहादुर खड्काको निवासमा सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो ।

उहाँले पार्टीलाई एक ढिक्का बनाई सहमतिपूर्ण ढंगबाट अघि साझा संयन्त्र बनाई पार्टी १५ औँ अधिवेशन गर्ने सम्पूर्ण अधिकार सोही संयन्त्रलाई दिनुपर्ने आफ्नो राय रहेको बताउनु भयो । यस्तो संयन्त्रले सम्पन्न गर्ने अधिवेशनबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व उहाँको भनाइ छ ।

उहाँले विशेष महाधिवेशनमा पार्टीको एउटा समूह मात्र सहभागी भएको भन्दै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गर्ने निर्णयहरु एकपक्षीय भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१५औँ महाधिवेशन गर्नको लागि दुवै पक्षबाट एउटा साँझा संयन्त्र निर्माण गरौँ भन्ने मेरो प्रश्ताव हो । त्यसरी निर्माण गरिएको संयन्त्रले सम्पूर्ण अधिकारसहित अधिवेशन सम्पन्न गर्यो भने त्यो अधिवेशनबाट जुन जेनृत्व चयन हुन्छ सबै कुराको ओनरसिप त्यसमा हुन्छ । अहिले त एउटा तप्का मात्रै विशेष महाधिवेशनमा सहभागि भएको छ । त्यसकारण अहिले त्यो कमिटीले जतिपनि निर्णय गरेको छ त्यो एकान्की मात्रै भएको छ । त्यसकारण हामी सबै एक भएर जाने भन्ने पक्षमा छौँ । तर एक हुने नहुने भन्ने कुरा हामीभन्दा पनि उहाँहरुमा निर्भर छ ।’

गत पुसमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको थियो । त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च गएको थियो । शुक्रवार सर्वोच्च अदालतले थापा पक्षलाई वैधानिकता दिएसँगै १४ औँ महाधिवेशनका पदाधिकारीहरुले छलफल गरिरहेका छन् ।–न्युज एजेन्सी नेपाल