३० जेष्ठ २०८३, शनिबार
,
Latest
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा बाढी, ७३ हजार भन्दा बढी प्रभावित



अ+ अ-

काठमाडौं । अफगानिस्तानका विभिन्न प्रान्तमा यस अघि लगातार १२ दिन सम्म आएको वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिसहरु प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ललाई उदृत गर्दै शनिबार टोलो न्यूजले जनाएको छ ।

युएनएफपिएको रिपोर्टका अनुसार बाढीले अफगानीस्तानका विविन्न स्थानमा क्षति पुर्याएको छ भने हजारौं घर, कृषि जग्गा र सडक लगायत प्रमुख पूर्वाधारहरू ध्वस्त पारेको छ । विस्थापित परिवारहरू, विशेष गरी महिला तथा वालवालीकाहरुले स्वास्थ्य सेवाहको पहुँचमा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन् ।

उनीहरुलाई तत्काल खाना, आश्रय, र मनोसामाजिक सहयोग अत्यावश्यक भएको जनाइएको छ । मानव अधिकारवादी संस्थाहरूले बढ्दो आवश्यकताहरू सम्बोधन गर्न र अवस्थाको थप बिग्रन रोक्न सहयोग बढाउन आह्वान गरेका छन् ।