२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि



अ+ अ-

काठमाडौं । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गरेका छन् । हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रुपमा उपस्थित भएका पाँच जना गरी ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न यहाँका सबै स्थानीय तहलाई पत्रचार गरिएको छ ।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४५९ जना पुरुष मतदाता गरी जम्मा ७१ हजार ७३९ जना मतदाता सङ्ख्या कायम रहेको थियो ।