२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको अवहेलनाले विश्वव्यापी विश्वास घट्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय अदालतले जारी गरेको फैसला पालना गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गतको बाध्यकारी दायित्व भएको बताएका छन्।

अन्तर्राष्ट्रिय अदालतको ८० औँ वार्षिकोत्सवको अवसरमा जारी वक्तव्यमा गुटेरेसले विगत आठ दशकमा आधुनिक अन्तर्राष्ट्रिय न्यायीक व्यवस्थालाई आकार दिन अदालतले केन्द्रीय भूमिका खेलेको बताएका हुन् ।

अदालतको अधिकार र स्वतन्त्रता बारे उल्लेख गर्दै उनले विवादको शान्तिपूर्ण समाधान र निर्णयको पालनाको लागि नयाँ प्रतिबद्धताको आवश्यकतालाई जोड दिएका हुन्।

गुटेरेसले सशस्त्र द्वन्द्व वढाउने, नियमहरू उल्लङ्घन गर्ने सैन्य कार्यहरू, साथै संयुक्त राष्ट्र सङ्घको मानवीय दायित्व र सुरक्षा कायम गर्ने असफलताहरूलाई औंल्याउँदै अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन तिव्र रुपमा भएको बताए ।

यसै बीच न्याय कायम राख्ने जिम्मेवारी दिइएको संस्थाहरूले बढ्दो शङ्का र चुनौतिहरूको सामना गरिरहेको उनले चेतावनी दिएका छन्। उनले विधिको शासनलाई बलको कानूनले प्रतिस्थापन गर्ने प्रयास गर्दा द्वन्द्व वढी विश्वव्यापी अस्थिरता उत्पन्न हुने बताएका छन् ।