४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

चौध वर्षपछि पलेँटीमा पुन: पवन गोले

चौध वर्षपछि पलेँटीमा पुन: पवन गोले
अ+ अ-

काठमाडाैँ । अंग्रेजी महीनाको अन्तिम शुक्रवार र शनिवार नेपालयको आरसालामा आयोजना हुँदै आएको पलेंटीमा यसपाली दार्जिलिङ्का प्रसिद्ध गायक पवन गोले प्रस्तुत हुने भएका छन् । पवनले आजभन्दा १४ वर्ष पहिले पनि पलेँटीमा आफ्नो गायन प्रस्तुत गरेका थिए ।

पवनले यसपालीको पलेँटीमा आफ्ना पुराना गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन् । नयाँ गीतहरूमा सङ्गीतकार रमेश गुरुङद्वारा धुन भरिएका गीतहरू समेटिएका छन् । जसका निम्ति हार्मोनियम समातेर रमेश गुरुङ र माइक समातेर पवन गोले अभ्यासमा जुटिरहेका देखिन्छन् । पलेँटीका कलाकारहरूले उनीहरूलाई साथ दिइरहेका छन् ।

पलेँटी कार्यक्रम नेपाली आधुनिक सङ्गीतलाई प्राथमिकता दिँदै शुरू भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको हो ।

पवन गोले नेपाली साङ्गीतिक जगतका नेपालीभाषी श्रोता बीच परिचित नाम हो । खासगरी- हावासँग बगूँ भन्छपातसँग बोलूँ भन्छ‘ पवन गोलेको स्वरमा सर्वाधिक लोकप्रिय गीत हो । उनी दार्जिलिङको साङ्गीतिक जगतमा लामो समयदेखि क्रियाशील कलाकार हुन् ।

दार्जिलिङमा उहिले सङ्ग एण्ट ड्रामा युनिट‘ नामको संस्था हुने गर्थ्यो । उतिबेला पश्चिम बंगाल सरकारको मातहतको त्यो संस्था पछि गएर जिटिए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन) अन्तरगत समायोजन भयो । जसको नाम इन्फरमेसन एण्ड कल्चर डिपार्टमेन्ट‘ रह्यो । पवन गोलेले त्यही संस्थामा कलाकारको रुपमा सेवारत रहेर सन् २०२१ मा अवकास प्राप्त गरे । तर सङ्गीतको मोहबाट उनी अहिले पनि अवकास लिन रुचाउदैनन् । त्यसैले गायनमा क्रियाशील रहिरहेका छन् ।

सङ्गीतकार सुवर्ण लिम्बूको धुनमा सजिएको गीत हावासँग बगूँ भन्छ‘ गीतबाट नेपाली सङ्गीत जगतमा चिनिएका पवनले अनगिन्ति गीत गाएका छन् तर उनको गायनआम नेपाली श्रोतामाझ मनग्य हुनेगरि प्रस्तुत भएका छैनन् । त्यही यथार्थलाई अनुभूत गरेर पलेँटीले यसपाली उनलाई दोहोर्‍याएर काठमाडौं निम्त्याएको हो ।

पवनले यसपाली सुवर्ण लिम्बूको नयाँ धुनका साथै पारस गजमेरबसन्त छेत्रीप्रदीप छेत्री र रमेश गुरुङले सङ्गीत भरेका गीतहरू प्रस्तुत गर्नेछन् । पवनको पलेँटीमा समेटिएका गीतकारमा शिवशंकर थापानरदेन रुम्बाजितेन्द्र बर्देवाजस योञ्जन प्यासीपुरन गिरिसुरेन थिङसंजय बान्तवासंजय बिष्टकालूसिंह रनपहेलीप्रमोद स्नेही र अरुण तिवारी रहेका छन् ।

पवन गोले सन् २०१२ मा पनि पलेँटी कसिसकेका गायक हुन् । उतिबेला उनले विभिन्न सङ्गीतकारका धुनहरूमा सजिएका गीत सुनाएका थिए । यसपालीको पलेँटीमा आधा पुराना र आधा नयाँ सङ्गीतहरू समेटेका छन् । नयाँ धुनहरूमा सङ्गीतकार रमेश गुरुङको साथ रहनेछ ।

पहिलो पल्ट सन् २०१२ मा पलेँटी कसेको सम्झना गर्दै पवन गोले भन्छन्- यसभन्दा पहिले पलेँटीमा आउँदाको सुन्दर अनुभूति मनबाट नमेटिँदै फेरि पनि यो मञ्चमा आएको छु । झन् यसपाली साथमा सङ्गीतकार रमेश गुरुङ भाइ छन् । आशा छ मेरो सृजनाकर्ममा नयाँ पुराना दर्शकश्रोताको मनग्य माया पाउनेछु ।‘ खुल्ला हाँसोमा देखिन्छन् उनी ।

छेउमा हार्मोनियम खेलाइरहेका सङ्गीतकार रमेश गुरुङको पनि पलेँटीमा यो दोस्रो सहभागिता हो । उनी भन्दै हुन्छन्- सन २००६ को पलेँटीमा दावा ग्याल्मो दिदीलाई हार्मोनियममा साथ दिन आएको थिएँ । यसपाली त सङ्गीतकारको भूमिका निभाउन पाएको छु । त्यो पनि अग्रज पवन दाजुसँग । साह्रै खुशी छु ।

पलेँटी कार्यक्रम यही अप्रिल महिनाको अन्तिम शुक्रबार२४ तारिखर २५ तारिखशनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको आरशालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।

आरशालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था पनि गरिएको छ । त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।