१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

विपद् व्यवस्थापनमा कुरिनटार एउटा ‘ब्राण्ड’ हो, उद्धारकर्ताको सम्मानले मात्र मनोबल बढ्छः आइजीपी अर्याल

विपद् व्यवस्थापनमा कुरिनटार एउटा ‘ब्राण्ड’ हो, उद्धारकर्ताको सम्मानले मात्र मनोबल बढ्छः आइजीपी अर्याल
अ अ+ अ-

सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई ‘तयारी’ मा मात्र सीमित नराखी “तत्काल परिचालन” केन्द्रित रणनीतिमा लैजाने बताएका छन्।

कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औँ स्थापना दिवसमा उनले यस्तो बताएका हुन्। जोखिमयुक्त कार्यमा खटिने सशस्त्र प्रहरीका लागि बीमा तथा कल्याणकारी सुविधा विस्तार गरिएको जानकारी दिँदै उनले गोताखोर र उच्च जोखिममा खटिने कर्मचारीको बीमा वृद्धि गरिएको बताए।

उनका अनुसार नेपाल सरकारबाट १० लाख र नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा थप २५ लाख गरी दुर्घटनामा परेमा पीडित परिवारले ३७ लाख रुपैयाँसम्म पाउने व्यवस्था गरिएको छ। उद्धारका क्रममा ज्यान गुमाउनेलाई “विपद् शहीद” घोषणा गर्न सरकारसमक्ष प्रस्ताव पठाइएको र त्यसमा सरकार सकारात्मक रहेको उनले बताए।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन इकाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेको उल्लेख गर्दै उनले “कुरिनटार” र “गोताखोर” शब्द एकअर्काका पर्यायझैँ बनेको बताए। उद्धारकर्ताले ज्यान जोखिममा राखेर काम गर्ने भएकाले उनीहरूको सम्मानले नै मनोबल बढ्ने उनको भनाइ थियो।

अर्यालले भने, “अब सूचना पाउनासाथ जोखिम क्षेत्र नजिकै टोली परिचालन गर्ने नीति बनाएका छौँ। तयारी मात्र होइन, परिणाम चाहिन्छ। आज गोताखोर भन्नासाथ कुरिनटार सम्झिइन्छ, यो शिक्षालयले बनाएको एउटा ब्राण्ड हो।”

विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जल तथा मौसम विज्ञान विभागसँग सहकार्य भइरहेको उनले जानकारी दिए। देशभर ५९ वटा अस्थायी विपद् व्यवस्थापन बेस सञ्चालनको तयारी गरिएको छ।

प्रत्येक वडाबाट २५ जनाका दरले १ लाख ६७ हजार “विपद् सूचक” दर्ता गरिएको र स्थानीय तहसँग सहकार्य गर्दै १८ दिने “डिजास्टर भोलेन्टियर” तालिममार्फत समुदायस्तरमै “फर्स्ट रेस्पोन्डर” तयार पार्ने अभियान सञ्चालनमा रहेको उनले बताए।

पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिङ खण्डमा “रोड सेफ्टी काउन्सिल”मार्फत नयाँ परियोजना सुरु गर्न लागिएको पनि उनले जानकारी दिए। यसअन्तर्गत राजमार्ग आसपासका अस्पताल र एम्बुलेन्सलाई समन्वय गरी दुर्घटनापछि तत्काल उद्धार र उपचार सुनिश्चित गरिनेछ।

वि.सं. २०६३ यता सशस्त्र प्रहरीले ३६ हजारभन्दा बढी विपद्का घटनामा खटिएर १५ हजारभन्दा बढीको उद्धार गरिसकेको छ। सानो गल्तीले पनि ज्यान जान सक्ने भएकाले पूर्ण अनुशासित भएर काम गर्न उनले निर्देशन दिए।