१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा ज्यान गुमाएका ट्राफिक इन्स्पेक्टर लामालाई गृहमन्त्री गुरुङद्वारा अन्तिम श्रद्धाञ्जली



अ+ अ-

काठमाडौँ । सवारी दुर्घटनामा परी निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि आज स्वयम्भुमा सम्पन्न भएको छ।

अन्त्येष्टि कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ स्वयं सहभागी भई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

सो क्रममा मन्त्री गुरुङले दिवंगत इन्स्पेक्टर लामाको शव आफैंले बोकेर अन्तिम सम्मान प्रकट गर्नुभएको दृश्यले उपस्थितहरूलाई भावुक बनाएको थियो।

दुर्घटनामा ज्यान गुमाएका इन्स्पेक्टर लामाले ट्राफिक व्यवस्थापन र जनसेवामा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सहभागीहरूले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

राज्यको सुरक्षामा खटिएका एक कर्मठ प्रहरी अधिकृतको असामयिक निधनले सुरक्षा निकायसहित सर्वसाधारणमा शोकको वातावरण सिर्जना भएको छ।