१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

कञ्चनपुरमा बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने

कञ्चनपुरमा बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
अ अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ ।

कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्न सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिनेछ ।

यसअन्तर्गत चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्व, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, रक्षा बन्धन, घटस्थापना, धान्य पूर्णिमा, क्रिसमस डे, विभिन्न ल्होसार, माघी पर्व, प्रजातन्त्र दिवस, अन्तरराष्ट्रिय महिला दिवस, होलीलगायतका बिदामा सेवा सञ्चालन हुने उहाँले जानकारी दिए ।

त्यसैगरी मुस्लिम धर्मावलम्बीहरूको ईद (ईद उल फित्र) र बकर ईद (ईद उल अजहा) का अवसरमा पनि सेवा प्रवाह गरिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले तोकिएका सार्वजनिक बिदाका दिन सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन सबैमा आग्रह गरे ।

सेवाग्राहीको सहजताका लागि यो व्यवस्था लागू गरिएको बताउँदै उनले भने, “सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा बिना अवरोध सञ्चालन हुन्छ ।”