८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश
अ+ अ-

नेपालगन्ज।  उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर र भिडियो सार्वजनिक नगर्न तथा नगराउन आज अन्तरिम आदेश जारी गरेको छ ।

इजलास नेपालगन्जका न्यायाधीश दलबहादुर केसीको एकल इजलासले निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए पेस गर्न विपक्षीलाई कारण देखाऊ आदेश दिनुभएको हो । तुल्सीपुर, नेपालगन्ज इजलासले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (१) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी गर्दै सम्बन्धित प्रहरी कार्यालयलगायत विपक्षी निकायलाई सो आदेशको जानकारी दिई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

उक्त आदेशअनुसार म्याद तामेल भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं १७ र १८ ले मुख्य न्यायाधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशमार्फत तथा अन्य विपक्षीले उच्च सरकारी वकिल कार्यालय, नेपालगन्जमार्फत लिखित जवाफ पेस गर्नुपर्ने छ ।

अधिवक्ता वसन्त गौतमले उक्त आदेश स्वच्छ सुनुवाइ, फौजदारी न्याय प्रणालीको सुदृढीकरण, बालन्यायको प्रभावकारी कार्यान्वयन, गोपनीयताको हक तथा थुनुवाको अधिकार संरक्षणका विषयमा दायर गरिएको सार्वजनिक सरोकारको रिट निवेदनको सन्दर्भमा आएको जानकारी दिनुभयो । बुधबार  मात्रै उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासमा अन्तरिम आदेशसहित परमादेश माग गर्दै सो रिट अधिवक्ता गौतमले दायर गर्नुभएको थियो ।

सो मुद्दामा वरिष्ठ अधिवक्ताहरू सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह तथा अधिवक्ताहरू वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी, विकास आचार्य, सुनिता शर्मा, पवन कुमार गुप्ता र हरिकेश बर्माले बहस गर्नुभएको थियो ।

सार्वजनिक सरोकारको विषयमा दायर गरिएको उक्त रिटमा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक रहनुभएका अधिवक्ता गौतमसहित अधिवक्ताहरु विश्वजित तिवारी, सुनिता शर्मा, विकास आचार्य, बलबहादुर चन्द, सुरेशकुमार गौतम, केवल सिंह थारू, शैलेन्द्रकुमार वैश्य, इन्सेकका भोला महतलगायत कानुन व्यवसायी तथा मानव अधिकारकर्मी निवेदक रहनुभएको छ ।

रिटमा जिल्ला प्रशासन कार्यालय बाँके र बर्दिया, जिल्ला प्रहरी कार्यालय र बर्दिया, भूमि सुधार तथा मालपोत कार्यालय र बर्दिया, भन्सार कार्यालय नेपालगन्ज, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारालगायत अर्ध–न्यायिक निकायहरू तथा नेपाल सरकारका, अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई दोष प्रमाणित नहुँदै सार्वजनिक गर्ने, हिरासतमा दबाबपूर्ण बयान लिने, बालबालिकाको पहिचान खुल्ने गरी भिडियो तथा सूचना सार्वजनिक गर्ने जस्ता कार्यले निर्दोषिताको अनुमान, गोपनीयताको हक र स्वच्छ सुनुवाइको अधिकारमा प्रत्यक्ष असर परेकोे जिकिर गरिएको छ ।

रिटमा नेपालको संविधानका धारा, १८, २०, २१, ४६ र १४४, न्याय प्रशासन ऐन, २०७३ को दफा ८ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९१ लगायतका कानुनी प्रावधानहरू र अन्तरराष्ट्रिय मानव अधिकार सन्धिहरू—आइसिसिपिआर, युडिएचआर र सिआरसी—लाई आधार बनाइएको छ । साथै सर्वोच्च अदालतबाट स्थापित स्वच्छ सुनुवाइसम्बन्धी नजिरहरू पनि उद्धृत गरिएको रिट निवेदक अधिवक्ता गौतम बताउनुहुन्छ । रासस