१३ श्रावण २०८३, बुधबार
,
Latest
चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता



अ+ अ-

तेहरान। पाकिस्तानी मध्यस्थकर्ताहरूले संयुक्त राज्य अमेरिका र इजरायलसँगको युद्ध अन्त्यको प्रयासमा समन्वयका लागि इरानको भ्रमणमा रहनुभएका पाकिस्तानका सेनाका कमान्डर फिल्ड मार्शल असिम मुनीरले बिहीबार इरानी संसदका सभामुख मोहम्मद बाघर गालिबाफसँग भेट गरेका छन् ।

इरानको सरकारी टेलिभिजनका अनुसार अमेरिका र इजरायलसँगको युद्ध अन्त्यको लागि थप वार्ता गर्ने बिषयमा इरानी प्रतिनिधिमण्डललाई शान्तिका लागि थप प्रयासबारे विश्वास दिलाउन र यसमा भाग लिन दबाब दिन मुनिरले इरान भ्रमण गरेका हुन् ।

‘हिजो इरान भ्रमणमा आएका पाकिस्तानी सेनाका प्रमुख मुनिरले इरानी सभामुख गालिबाफसँग भेट र कुराकानी गर्नुभएको छ,’ बिहीबार बिहान जारी रिपोर्टलाई उद्धृत गर्दै इरानी टेलिभिजनले उल्लेख गरेका छन् ।

सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सुरक्षा अधिकारी अली लारिजनीको हत्यापछि जारी पाँच हप्ताभन्दा बढी लामो युद्धपछि गालिबाफलाई इरानको शीर्ष वार्ताकारको रूपमा हेरिएको छ । उहाँ गत सप्ताहन्तमा संयुक्त राज्य अमेरिकासँग पहिलो चरणको वार्ताका लागि पाकिस्तान गएका थिए ।

मुनिर आफ्नो प्रतिनिधिमण्डलसँग तेहरान पुगेको एक दिनपछि भएको पछिल्लो बैठकको विषयवस्तुको बारेमा थप विवरण सार्वजनिक गरिएको छैन । इरानको सरकारी टेलिभिजनले शान्ति योजनाको प्रस्तावलाई अमेरिकाद्वारा पठाइएको सन्देशको रूपमा वर्णन गरेको छ ।

इस्लामावादमा भएको पहिलो चरणको वार्ताले कुनै सम्झौता गर्न विफल भएपछि दुवै देशका प्रतिनिधि फिर्ता भएका थिए । यद्यपि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले बुधबार पत्रकारहरूसँग थप वार्ता इस्लामाबादमा हुने सम्भावना रहेको पुष्टि गरेका छन् ।

सैन्य पोशाक लगाएका मुनिरले कालो सुट र टाई नलगाएको सेतो सर्ट लगाएका इरानको रिभोलुसनरी गाड्र्सका अनुभवी व्यक्तित्व गालिबाफले कालो सुट र सेतो सर्ट लगाउनुभएको बैठकको तस्वीर इरानी सञ्चारमाध्यमले दिएका छन् ।

गालिबाफ र उहाँको प्रतिनिधिमण्डलले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग बन्द कोठामा वार्ता गरेका थिए, जुन सन् १९७९ को इस्लामिक क्रान्ति अघिदेखि इरान–अमेरिका बिचको उच्च स्तरीय सम्पर्क थियो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले अर्को चरणको वार्ताको मिति तय नगरिएको बताएका छन् ।

इरानको प्रमुख वार्ताकारका रूपमा आफ्नो स्थितिलाई अझ बलियो बनाउँदै गालिबाफले बिहीबार लेबनानी संसदका सभामुख नबिह बेरीलाई टेलिफोन वार्तामा इरानमा युद्धविराम हुँदा लेबनानमा पनि युद्धविराम उत्तिकै ‘महत्त्वपूर्ण’ रहेको बताएका थिए ।  (रासस/एएफपी)