२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान वार्ताको पहलका लागि पाकिस्तानी प्रधानमन्त्री कतारमा



अ+ अ-

दोहा। संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार पुगेका छन् ।

वासिङ्टन र तेहरानबीच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उहाँले बुधबार साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए ।

शहबाज सरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरबको भ्रमणपछि उनको प्रतिनिधिमण्डल दोहा आइपुगेको छ र उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट्ने अपेक्षा गरिएको छ।’

क्षेत्रीय र विश्वव्यापी शान्तिका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे उनीहरूले विचार आदानप्रदान गर्ने उनको कार्यालयले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले सरिफले मध्यपूर्वको भ्रमणपछि टर्कीए जाने कार्यक्रम तय भएको छ ।  गत सप्ताहन्तमा इस्लामावादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरूबीच भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेको थिएन ।

अप्रिल ७ मा दुई हप्ताको युद्धविराम सुरु भएपछि मध्यपूर्वमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने सम्बन्धमा पाकिस्तानमा भएको वार्ताले तत्काल कुनै सहमत गर्न विफल भएको थियो ।

इरानमाथि अमेरिका र इजरायलको आक्रमणका कारण फेब्रुअरीको अन्त्यतिर सुरु भएको युद्धको प्रारम्भमा कतारको ऊर्जा पूर्वाधारमा इरानको आक्रमणका कारण दोहाले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन रोक्न बाध्य भएको थियो ।

इरानसँग विशाल दक्षिणी पार्स ग्यास क्षेत्रमा साझा सिमा रहेको अमेरिका, अष्ट्रेलिया र रूसको साथ एलएनजीको प्रमुख उत्पादकहरू मध्ये एक हो। कतार पाकिस्तानलगायत एसियाली राष्ट्रहरूको लागि एक प्रमुख आपूर्तिकर्ता हो । (रासस/एएफपी)




भर्खरै