१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइकाजी तिवारीविरुद्ध १० करोडभन्दा बढी बिगोसहित भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ बिगो निर्धारण गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले सार्वजनिक पदमा रहँदा अधिकारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप तिवारीमाथि लगाएको छ।

सोही आधारमा बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा कैद सजायको माग गरिएको छ। सम्पत्ति जफत प्रयोजनका लागि उनकी पत्नी मीनादेवी तिवारी र छोरी मीरा तिवारीलाई समेत प्रतिवादी बनाइएको छ।

तिवारीले सरकारी सेवाबाट अवकाश लिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तको जिम्मेवारी सम्हालेका थिए।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तिवारी दम्पतीले पारिश्रमिक, अन्य आम्दानी तथा जग्गा बिक्रीबाट १४ करोड ५१ लाख ९१ हजार ३ सय ५६ रुपैयाँ वैधानिक आम्दानी गरेको देखिएको छ। तर उनीहरूको बैंक मौज्दात, घरजग्गा तथा अन्य सम्पत्तिको विवरण विश्लेषण गर्दा कुल सम्पत्ति २५ करोड ६ लाख ८७ हजार २ सय २७ रुपैयाँ पुगेको पाइएको छ।

अख्तियारले सार्वजनिक पदमा रहँदा आर्जित गैरकानुनी सम्पत्ति पत्नी र छोरीको नाममा समेत राखिएको निष्कर्ष निकालेको जनाएको छ।