२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीप दुर्घटनाका ज्यान गुमाउने दुवैको सनाखत (अपडेट)



अ+ अ-

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीपका चालक रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गका २५ वर्षीय दिलिप वम्रेल र सहचालक सोही स्थानकै २४ वर्षीय कृष्ण कार्की रहेको पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए ।

बुटवलमा बिरामी छोडर पाल्पा फर्किँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तिनाउँ गाउँपालिका ५ चौविसमाइलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।