१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेशमा राप्रपाको चुनावी समीक्षा बैठक, वैशाख दोस्रो साताभित्र सक्ने तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशमा चुनावी समीक्षा बैठक आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा बैठकहरूको मिति तय गर्ने कार्य गरिरहेको जनाएको छ।

राप्रपाका अनुसार समीक्षा बैठकहरू वैशाखको दोस्रो सातासम्म सम्पन्न गरिनेछ। बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा क्षेत्रीय अध्यक्ष, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहनेछ।

पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने यी बैठकहरूमा अध्यक्ष राजेन्द्र लिङ्देन सहित केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ।