२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता



सांसद गणेश पराजुली
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा चयन गरेको छ ।

बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई पनि चयन गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह रास्वपाको संसदीय दलको नेता हुन् ।

संसदीय दलको आजको बैठकले संसदका विभिन्न समितिका सभापतिहरु चयन गर्नुका साथै मन्त्री, सांसद र स्वकीयहरुबाट उठाइने लेबीका बारेमा पनि निर्णय गरेको थियो ।

गत फागुन २१ गते चुनाव भएयता रास्वपाले मन्त्रीहरु र संसदका विभिन्न जिम्मेवारीलाई फटाफट टुंगो लगाएको छ ।