४ श्रावण २०८३, सोमबार
,
Latest
पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु ‘जुलाई’मा औसतभन्दा कम वर्षा पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न १५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारीः उपसभापति शर्मा प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः विश्वप्रकाश शर्मा पुँजी बजारलाई सरकारको उच्च प्राथमिकता, सुधारमा तीव्रता दिने प्रधानमन्त्री शाहको प्रतिबद्धता चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु दमकमा खैरो हेरोइनसहित एक पक्राउ चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानमै संशोधन र जनमत संग्रहको व्यवस्था छ, त्यसमै टेकेर अघि बढ्छौँः स्वर्णिम वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीवार अर्थ मन्त्रालयमा भएको अन्तरसरकारी वित्त परिषद्को वैठकलाई सम्बोधन गर्दै उहाँले संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आवश्यक सुधारहरू पनि संवैधानिक व्यवस्थाअनुसार नै गरिने स्पष्ट पार्नुभयो ।

उहाँकाअनुसार बाहिर केही वृत्तमा सरकार प्रचण्ड बहुमतका आधारमा संविधान नै परिवर्तन गर्ने वा हटाउने आशंका व्यक्त भइरहेका छन्, तर त्यो धारणा सही नभएको उहाँले बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले चित्त नबुझेका विषयहरू संविधानभित्रै रहेका प्रावधानअनुसार संशोधन गरिने नीति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधान धारा २७४ ले संविधान संशोधनको स्पष्ट विधि तय गरेको र नेपालको संविधान धारा २७५ ले जनमतसंग्रहसम्बन्धी विषयलाई सम्बोधन गरेको बताउनु भयो ।  यी दुवै संवैधानिक खुड्किलामै टेकेर वर्तमान सरकार अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले संघीय संरचना, प्रदेश सरकार, स्थानीय तहको संख्या, आकार तथा क्षमताजस्ता विषयमा पनि संविधानको फ्रेमभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने स्पष्ट पार्नुभयो ।

सरकारले संवैधानिक सीमाभित्रै रहेर आवश्यक सुधार र परिमार्जन गर्दै जाने नीति लिएको उहाँको भनाइ छ ।