२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले तोक्यो मन्त्री, सांसदको लेबी, कसले कति बुझाउनु पर्छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौं: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले मन्त्री, सांसद एवं अन्य पदाधिकारीका लागि लेबी तोक्ने निर्णय गरेको छ ।

पार्टीका नवनियुक्त मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार, सांसदहरूका लागि प्रति महिना रु. १६,५०० र मन्त्रीहरूका लागि रु. १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो ।

त्यस्तै, स्वकीय सचिवहरुका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।

सांसदहरुले स्वकीय राख्न पाउने वा नपाउने भन्नेमा विवाद रहे पनि स्वकीय सचिव राख्ने निर्णय भएमा उनीहरुले पनि रु. २ हजार लेबी बापत पार्टीलाई बुझाउनु पर्नेछ ।

संसद सचिवालयले भने सांसदलाई स्वकीयको व्यवस्था गर्नेगरी प्रस्ताव गरिसकेको छ । यसअघि सुशीला कार्कीको सरकारले सांसदका स्वकीयलाई हचुवाका भरमा राज्यकोषबाट तलबभत्ता बितरण गरिएको भन्दै त्यस्तो व्यवस्था खारेज गरेको थियो ।