६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान



अ+ अ-

काठमाडौं । बाग्लुङको बडिगाड गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ ।

यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिककृषिमा उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो । मकै प्रवद्र्धन कार्यक्रमअन्तर्गत १९ वटा यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले राससलाई जानकारी दिए ।

गाउँपालिकाका आठ वडामा मकै प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहेको छ । खनजोत गर्न गोरु र जनशक्ति अभाव भएकाले किसानलाई यान्त्रिक हलो प्रदान गरिएको हो । कम जनशक्तिबाट पनि खनजोत गर्न यान्त्रिक हलो उपयोगी भएकाले यसतर्फ किसानको आकर्षण बढेको उपाध्यक्ष वनले बताए  ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु छ लाख र किसानको ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो ।

एक हल गोरुले एक दिनभरिमा जोत्न बारीमा यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिने हुँदा उत्पादन वृद्धि गर्न मद्दत पुग्ने उनले बताए ।