९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक २ हप्तामा धरहराको एक तला थपिने



अ+ अ-

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तिव्र गतिमा अगाडी बढेको बताउनुभएको हो । तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ । अहिलेसम्म अण्डरग्राउण्डको काम भएकाले बाहिर नदेखिएपनि अब हरेक २ हप्तामा १ तला बनाउने गरि काम अगाडी बढेको उहाँले बताउनुभयो ।

गोश्वरा हुलाक कार्यालय र राष्ट्र बैंकको टक्सार कार्यालय स्तानान्तरण गर्न समय लागेपनि काममा सन्तोषजनक प्रगति भएको उहाँले बताउनुभयो । हुलाक कार्यालयका लागि प्रिक्याब भवन निर्माण गरिएको र राष्ट्र बैंकलाई नेपाल औषधि लिमिटेको कम्प्लेक्समा भवन निर्माण गरि स्तानान्तरण गरिएको उहाँले बताउनुभयो । ज्ञवालीले स्थानीयहरुको माग अनुसार उत्तरतर्फ सडक खेलिएको र मुल सडकमा जोड्ने गरि गुरुयोजना स्वीकृत भएको बताउनुभयो ।

ज्ञवालीलले बैशाखम्म सम्पन्न गर्नेगरि रानीपोखरी पुननिर्माणको काम अगाडी बढेको बताउनुभएको छ । रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर कुन शैलीमा निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा समस्या आएको बताउँदै उहाँले विज्ञ लगायत सरोकारवालाहरुको सल्लाह अनुसार ग्रन्थकुट शिखर शैलीमा निर्माण गरिने बताउनुभयो । पोखरीको पिँधमा त्यही भएको कालीमाटी प्रयोग गरिएको उहाँले बताउनुभयो । पुस मसान्त भित्र पोखरीको पिँधको काम सकिने, मन्दिर र वरिपरिको काम बैशाखभित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।

प्रमुख ज्ञवालीले पुननिर्माण गर्नुपर्ने ७ हजार ५५३ विद्यालय भवनमध्ये ५ हजार ३४८ भवन निर्माण सम्पन्न भएको, १८ सय १६ पुननिर्माणको क्रममा रहेको र ३८९ भवन पुननिर्माण हुन बाँकी रहेको बताउनुभयो ।

विद्यालय भवनहरुको पुर्ननिर्माण उल्लेख्य देखिएपनि कक्षाकोठाको भने संख्यात्मक रुपमा कम निर्माण भएका छन् । धेरै कक्षाकोठा बनाउनुपर्ने अवस्था आएकाले स्रोत व्यवस्थापनमा समस्या देखिएको र अर्को वर्ष थप गर्ने गरि ४ कोठा माग भएका ठाउँमा २ वा ३ वटा कक्षाकोठा निर्माण गरिएको उहाँले बताउनुभयो ।

१ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६६५ स्वास्थ्य संस्थाको पुर्ननिर्माण सम्पन्न भएको, १४९ पुर्ननिर्माणको क्रममा रहेको र ३८३ पुर्ननिर्माण सुरु हुन बाँकी रहेको उहाँले बताउनुभयो । विद्यालय र स्वास्थ्य संस्थाको लागि स्रोत व्यवस्थापन गर्दै जानुपर्ने भएकाले एकैपटक काम सम्पन्न गर्न नसकिएको उहाँले बताउनुभयो ।

निजी आवास पुर्ननिर्माण तर्फ ८ लाख २० हजार ६९१ लाभग्राहीमध्ये ७ लाख ७९ हजार ८५६ सँग अनुदान सम्झौता भएको उहाँले बताउनुभयो । अनुदान सम्झौता भएका मध्ये ७ लाख ६९ हजार ६१६ ले पहिलो किस्ता लगेको र ४ लाख ८१ हजार ५६ घरको निर्माण सम्पन्न भएको छ ।

४१५ सरकारी भवनमध्ये ३५१ पुर्ननिर्माण सम्पन्न भएको, ५७ पुर्ननिर्माणको क्रममा रहेको र ७ वटा भवनको पुर्ननिर्माण नै बाँकी रहेका छन् । त्यसैगरि ३८३ सुरक्षानिकायका भवन पुर्ननिर्माण गनुपर्नेमा १९४ वटा सम्पन्न भएको, २२ वटा पुर्ननिर्माणको क्रममा रहेको र १६७ वटाको पुर्ननिर्माण सुरु नगरिएको उहाँले बताउनुभएको छ । सरकारको निर्णय अनुसार बाँकी रहेका भवनहरु अब नियमित कार्यक्रम अन्तर्गत पुननिर्माण गरिने छन् ।

७५३ पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण गर्नुपर्नेमा ३८७ वटा पुर्ननिर्माण सम्पन्न भइसकेका छन् । १२३ वटा पुर्ननिर्माणको क्रममा छन्, भने २४३ वटाको पुर्ननिर्माण सुरु भएको छैन् । त्यसैगरि क्षति भएका १३२० गुम्बाहरुको मर्मत तथा निर्माणका लागि ३७ करोढ ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । भारतीय एक्जिम बैंक तर्फको बजेट रकम स्रोतान्तरको लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।