१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक समृद्धि र राजनीति सम्बन्धी कार्यक्रम



अ+ अ-

काठमाडौं । प्रदेश मन्त्रीहरुले पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन् ।

समृद्धि र विकासबारे बिहीबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धि र राजनीति’ सम्बन्धी कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले सरकारले पुराना परियोजनालाई व्यवस्थित रुपले प्रयोगमा ल्याउन नसकेको बताउनुभयो । उहाँले विकास निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिज्ञहरुले दुरगामी दृटिकोण राख्न नसकेको समेत बताउनुभयो । उहाँले पर्यटन वर्ष मनाउँदै गर्दा त्यसलाई असर पार्नेगरी आएका प्रतिवेदनहरुमा कसैले चासो नदिएको समेत बताउनुभयो ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आर्थिक विकासका लागि नेपालको हावापानीको आधारमा कृषि उत्पादनलाई बढाउनुपर्ने बताउनुभयो । उहाँले कामको अवसर र उत्पादनको अत्याधिक सम्भावनालाई छाडेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गरे मात्र विकास सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले संघीय सरकार, प्रदेश र स्थानीय तहले पहिलो वर्षमा विकासको आधार निर्माण गरेकाले देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुगेको बताउनुभयो । उहाँले कृषि, पर्यटन लगायतका क्षेत्रमा सकारात्मक परिणामहरु देखापरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले असल नागरिक उत्पादन गर्ने क्षमता राजनीतिज्ञहरुसँग नभएकाले विकास निर्माणले गति लिन नसकेको बताए । त्यस्तै कार्यक्रममा आर्थिक विकास र समृद्धिका विषयमा राजनीतिक रुपमै शिक्षा फैलाउनुपर्नेमा जोड दिइएको थियो ।