९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक समृद्धि र राजनीति सम्बन्धी कार्यक्रम



अ+ अ-

काठमाडौं । प्रदेश मन्त्रीहरुले पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन् ।

समृद्धि र विकासबारे बिहीबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धि र राजनीति’ सम्बन्धी कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले सरकारले पुराना परियोजनालाई व्यवस्थित रुपले प्रयोगमा ल्याउन नसकेको बताउनुभयो । उहाँले विकास निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिज्ञहरुले दुरगामी दृटिकोण राख्न नसकेको समेत बताउनुभयो । उहाँले पर्यटन वर्ष मनाउँदै गर्दा त्यसलाई असर पार्नेगरी आएका प्रतिवेदनहरुमा कसैले चासो नदिएको समेत बताउनुभयो ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आर्थिक विकासका लागि नेपालको हावापानीको आधारमा कृषि उत्पादनलाई बढाउनुपर्ने बताउनुभयो । उहाँले कामको अवसर र उत्पादनको अत्याधिक सम्भावनालाई छाडेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गरे मात्र विकास सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले संघीय सरकार, प्रदेश र स्थानीय तहले पहिलो वर्षमा विकासको आधार निर्माण गरेकाले देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुगेको बताउनुभयो । उहाँले कृषि, पर्यटन लगायतका क्षेत्रमा सकारात्मक परिणामहरु देखापरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले असल नागरिक उत्पादन गर्ने क्षमता राजनीतिज्ञहरुसँग नभएकाले विकास निर्माणले गति लिन नसकेको बताए । त्यस्तै कार्यक्रममा आर्थिक विकास र समृद्धिका विषयमा राजनीतिक रुपमै शिक्षा फैलाउनुपर्नेमा जोड दिइएको थियो ।