६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन फेरि ठप्प



अ+ अ-
मकवानपुर : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिक टन कोईला  खरिदका बोलपत्र  आव्हान गरिसकेको छ । तर करिब २ हप्ता भित्र कोइला आइपुग्ने हेटौँडा सिमेण्ट उद्योगका सहायक प्रवन्धक विकास श्रेष्ठले जानकारी दिए ।
विभिन्न कारणबाट हेटौंडा सिमेन्ट उद्योग लामो समयसम्म बन्द हुने र उत्पादन ठप्प हुने तथा उत्पादित सिमेन्टको बजारीकरण हुने जस्ता समस्या भोग्दै आएको छ । नीतिगत समस्या सहित दैनिक व्यवस्थापकीय समस्याहरु भोग्न उद्योग बाध्य छ ।
उद्योगले आवश्यक कच्चा पदार्थ, प्रविधि, जनशक्ति अभाव जस्ता समस्या दैनिक रुपमा भोग्दै आएको छ भने उद्योगसँग सञ्चालनको दीर्घकालीन रणनीति नै छैन । त्यस्तै उद्योगले आफ्नो व्यापार नीति पनि बनाउन नसकेको अवस्था रहेको छ । जसका कारण उद्योगले थप समस्याहरु भोग्दै आएको छ ।
उद्योगले उत्पादन र बजार प्रवर्द्धन नीतिको अभावका कारण बर्सेनि घाटा व्यहोर्दै आएको छ । बजार प्रवर्द्धन नीति नहुँदा निजी उद्योगका उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न हेटौंडा सिमेन्ट उद्योगले सकिरहेको छैन ।
उद्योगले बैंक ग्यारेन्टीका आधारमा सिमेन्ट बिक्री गर्ने नीति बनाए पनि मूल्य महँगो हुँदा कतिपय खरिदकर्ताले सिमेन्ट खरिद नगर्ने गरेको र उत्पादित सिमेन्ट बिक्री हुन सकेको छैन ।
उद्योगका प्रवक्ता गौतमका अनुसार उद्योगमा सिमेन्ट खरिदका लागि २६ वटा फर्मले बैंक ग्यारेन्टी गराएका छन् । त्यसमध्ये १६ फर्मले प्रतिवद्धता अनुसार सिमेन्ट खरिद गरी उद्योगबाट उठाउने गरेका छन् भने १० वटा फर्मले प्रतिवद्धता अनुसार सिमेन्ट उठाउन छोडेका छन् ।