७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा
फाइल फोटो
अ+ अ-

चितवन। जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ । उहाँका अनुसार जिल्लामा दैनिक एकसय १५० युनिट सम्म रगतको माग हुने गर्दछ ।

यस आर्थिक वर्षको फागुनसम्ममा १६९ स्थानमा भएका रक्तदान कार्यक्रममा ११ हजार ५३२ युनिट र केन्द्रमा आएर दिएको सङ्ख्या तीन हजार १८१ छ ।

अघिल्लो आव २०८१/८२ मा २८७ स्थानमा भएका रक्तदानमा १८ हजार ५७७ युनिट र केन्द्रमा चार हजार ६४० युनिट रगत सङ्कलन भएको थियो । आव २०८०/८१ मा २९८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट १८ हजार ४०९ युनिट र केन्द्रमा छ हजार ९२० युनिट रगत सङ्कलन भएको थियो । यसलाई हेर्दा केन्द्रमा आएर रक्तदान गर्नेहरुको सङ्ख्या घट्दो छ । गत वर्ष यहाँ ब्लड डोनर्स सोसाइटीले रक्तदान महोत्सव नै आयोजना गरी एक हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो ।

प्रमुख पौडेलले देशैभरबाट बिरामी यहाँ आउने भएकाले रगतको माग बर्सेनि बढेको बताउनुभयो । रक्तदान गर्ने युवा जनशक्ति विदेश गएको, उमेर बढ्दै गएपछि उच्च रक्तचाप, मधुमेहजस्ता रोगका कारण रक्तदान गर्न नमिल्ने भएका कारण दाता घटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दाता घट्ने र माग बढ्ने हुँदा सन्तुलन मिलाउन कठिन हुने गरेको छ ।” यहाँ माग उच्च हुँदा छिमेकी जिल्लाहरुबाट समेत रगत ल्याउने गरिन्छ ।

केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेल छिमेकी १४ भन्दा बढी जिल्लाबाट सङ्कलन गरेर रगत ल्याउँदासमेत पु¥याउन नसकिएको बताउनुहुन्छ । यहाँ रहेका क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, सरकार भरतपुर अस्पताल र निजी अस्पतालमा आउने घाइते र बिरामीहरुका लागि रगतको माग बढ्दा सन्तुलन मिलाउन नसकिएको उहाँले बताउनुभयो । राजधानी काठमाडौँपछि धेरै रगत चितवनमा चाहिने भन्दै उहाँले सबैको साथ र सहयोगबाट मात्रै रगतको पूर्ति गर्न सकिने बताउनुभयो ।

देशभर रक्तदानमा उत्प्रेरणा गर्दै आएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी रेडक्रस सोसाइटीले सञ्चालन गरेका केन्द्रहरुले व्यवस्थापकीय रुपमा सुधार गर्नसकेमा रक्त सङ्कलन बढ्ने बताउनुहुन्छ । केन्द्रले आम रक्तदाता र सङ्घ संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्नुपर्ने उहाँको सुझाव छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी आउने गर्दछन् । सबैभन्दा बढी रगत क्यान्सर उपचारमा खपत हुने गर्दछ । यस्तै चितवन मेडिकल कलेजले क्यान्सर इन्स्टिच्युट सञ्चालन गरेको छ । जहाँ रगतको माग उच्च हुने गर्दछ ।

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाताहरुलाई उत्प्रेरित गर्नुपर्ने बताउनुहुन्छ । विद्यालय र क्याम्पसका पाठ्यक्रमहरुमा रक्तदानको महत्वको बारेमा जानकारी गराउनु पर्ने भन्दै उहाँले रक्तदान गर्नेहरुलाई राज्यका तर्फबाट केही सहुलियत हुनुपर्ने बताउनुभयो ।

उहाँले आफूले सञ्चालन गरेको श्री पुष्पाञ्जली अस्पतालमा स्थापनाका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रगत दिएकोमा १८ नयाँ भएको भन्दै उहाँले नयाँ रक्तदातालाई राज्यकै तर्फबाट उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । रासस