७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
अ+ अ-

नवलपरासी। यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड २४ लाख २२ हजार २७०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु तीन करोड ७४ लाख ९२ हजार २३४, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु २३ लाख २९ हजार ९९० र अन्य प्रशासनिक सेवा शुल्कबापत रु सात लाख ७१ हजार ५२८ राजस्व सङ्कलन भएको छ ।”

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख नेपालीले बताउनुभयो । यो अभियानअन्तर्गत ‘बिलबुक’ नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो ।

“प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्त–दुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो”, उहाँले भन्नुभयो, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनको लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।”

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताउनुभयो । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिनुभयो ।

“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।” गत आव २०८१÷८२ को यही अवधिमा यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको थियो । रासस