२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत



अ+ अ-

काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबीच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट सङ्केत दिएको छ ।

विशेषगरी होर्मुज जलडमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि उत्पन्न परिस्थितिमा मस्कोले आफूलाई वैकल्पिक आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरेको हो ।

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो देश चीनसहित सहकार्य गर्न इच्छुक अन्य राष्ट्रहरूको ऊर्जा आवश्यकतामा देखिन सक्ने कमी पूर्ति गर्न सक्षम रहेको बताए ।

होर्मुज क्षेत्रको अवरोधका कारण ऊर्जा आपूर्ति प्रभावित हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले रुससँग पर्याप्त स्रोत रहेको उल्लेख गरे । यसै सन्दर्भमा उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालु वर्षको पहिलो अर्धवार्षिकभित्र चीनको भ्रमण गर्ने तयारी रहेको जानकारी दिए ।

मस्कोस्थित राज्य समाचार एजेन्सी तासका अनुसार उक्त भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्धका कारण मस्को र बेइजिङबीचको आर्थिक तथा राजनीतिक सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ ।

पछिल्ला वर्षहरूमा ऊर्जा, व्यापार र कूटनीतिमा दुवै देशबीचको समन्वय तीव्र बन्दै गएको देखिन्छ । चीनको दुईदिने भ्रमणका क्रममा लाभरोभले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि उहाँले रुस–चीन सम्बन्धलाई ‘कुनै पनि चुनौतीको सामना गर्न सक्षम र स्थिर’ भएको उल्लेख गरे ।

साथै, यी सम्बन्धहरूले अन्तर्राष्ट्रिय मामिलामा स्थायित्व ल्याउने भूमिका खेलिरहेको र विश्वव्यापी रूपमा यसको महत्त्व बढ्दै गएको पनि उनको भनाइ थियो ।

उनका अनुसार विश्वका धेरै देशहरू अस्थिरता वा द्वन्द्वभन्दा शान्ति र सहकार्य चाहन्छन् र यस्तो सन्दर्भमा रुस–चीन सहकार्यले सन्तुलन कायम गर्न मद्दत पुर्‍याइरहेको छ ।

लाभरोभको यो भ्रमण त्यस्तो समयमा भएको हो जतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङले एकै साता विभिन्न देशका उच्चस्तरीय नेताहरूसँग भेटघाट गरिरहनुभएको छ । तीमध्ये भियतनामका नेता टो लाम र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पनि रहेका छन् ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै