२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको गाडीलाई ट्राफिकको चिट



अ+ अ-

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल सवार सरकारी गाडीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाहीस्वरूप चिट काटेको छ।

थापाथली क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी सञ्चालन भएको देखिएपछि सभामुखको गाडीसहित अगुवा र पछुवा गरी तीन वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो। नियम उल्लंघनपछि उक्त गाडीहरू सिंहदरबार प्रवेश गरे पनि ट्राफिक प्रहरीले पछि सिंहदरबारमै पुगेर चिट काटेको जनाइएको छ।

ट्राफिक प्रहरी स्रोतका अनुसार नियम सबैका लागि समान रूपमा लागू हुने भएकाले पद वा पहुँचका आधारमा कुनै छुट नदिइएको स्पष्ट गरिएको छ। स्रोतले भन्यो, “नियम उल्लंघन गर्ने सबै समान हुन्, सवारी कसको हो भन्ने आधारमा होइन, गल्ती भएको आधारमा कारबाही गरिएको हो।”

घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूका सवारी साधनको ट्राफिक अनुशासनबारे पुनः बहस सुरु गरेको छ।