१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद कुँवरले दिए गण्डकी प्रदेश सभाबाट राजीनामा



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद दोर्णकुमार कुँवरले प्रदेश सदस्य पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद हेरफेर गरे पनि कुँवरलाई कुनै जिम्मेवारी दिइएको थिएन । मन्त्रिपरिषद पुन: गठन हुँदा जिम्मेवारी नपाएपछि असन्तोष जनाउँदै कुँवरले आजैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।

गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै उनले लिखित राजीनामा बुझाएका हुन् । बागलुङ २ (ख) बाट निर्वाचित कुँवरले आफूलाई विश्वास गरी जिताउने मतदाता, शुभेच्छुकप्रति आभार जनाएका छन् ।

उनले आफूले दिएको राजीनामाको जानकारी नेपाली काँग्रेसका केन्द्रीय सभापति र गण्डकी प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलका नेतालाई बोधार्थ समेत दिएका छन् ।